SamwadKhabar logo

समाचार

चितवनमा ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु

संवाद खबर

जेठ २७, काठमाडौं । मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनकाअनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । सो भाले बाघको उमेर भने खुलेको छैन । यस अघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि