SamwadKhabar logo

समाचार

प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न पूर्वाभ्यास

देवराज रिजाल

देवराज रिजाल

प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न पूर्वाभ्यास
२९ जेष्ठ, काठमाडौँ । वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणबारे तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा पूर्वाभ्यास सम्पन्न गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतीकात्मक रूपमा देशभर शनिबार अभ्यास गरिएको जानकारी दिनुभयो । वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने क्षति तथा सम्भावित विपद्का क्षेत्र पहिचान गरी खोलाकिनार तथा सम्भावित पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । यस्तै जिल्ला सुरक्षा समितिको संयोजनमा विपत्बारे जानकारी तथा पूर्वसचेतना अभिवृद्धि गर्ने कार्य भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित टौदहमा शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत एकसाथ पूर्वतयारी अभ्यास गरेका हुन् ।सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विदुर खड्काले नदी तथा पोखरीमा फसेकालाई गरिने उद्धार, बेपत्ताको खोजीबारे पूर्वतयारीलगायत अभ्यास गरिएको बताउनुभयो । बाढीपहिरोमा फसेका व्यक्तिको उद्धारपछि उपचारसम्मको तयारी कसरी गर्ने भन्नेबारे समेत पूर्वतयारी अभ्यास गरिएको थियो । विपत् व्यवस्थापनमा खटिएका कतिपय सुरक्षाकर्मी आफँै फस्ने र दुर्घटनामा समेत पर्ने गरेका छन् । तालिममा त्यसबाट कसरी जोगिने तथा फसेमा कसरी उद्धार गर्ने भन्नेबारे पूर्वाभ्यास गरिएको थियो । नेपालमा प्रत्येक वर्षायाममा बाढीपहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । यस वर्षको मनसुन र वर्षाका कारण करिब २० लाख नागरिक प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि