SamwadKhabar logo

               

खेलकूद

“युवा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड” 

संवाद खबर

संवाद खबर

“युवा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड” 
जेठ २९, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । नेपालमा युवाको बौद्धिकता र श्रमलाई उचित सदुपयोग गर्न नसकिएको उल्लेख गर्दै मन्त्री अथकले युवा तथा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्ने खालको रणनिति बनाउनुपर्नेमा जोड दिनुभयो ।  राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) द्वारा आइतबार राजधानीमा आयोजित “युथ भिजन, १० वर्षे रणनीतिक योजना तथा राष्ट्रिय युवा नीतिका बारेमा परामर्श गोष्ठी”मा बोल्दै मन्त्री अथकले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेको बताउनुभयो । युवालाई उत्पादनका क्षेत्रमा जोड्नुपर्नेमा जोड दिदैँ उहाँले स्वदेशमै काम गर्न सकिन्छ भन्ने धारणाको विकास गराउनुपर्ने बताउनुभयो । युवाको विदेश पलायनलाई रोक्न  स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउँदै देशको आवश्यकता अनुसारको जनशक्ति तयार गर्ने खालको युवा नीति बनाउनुपर्ने उहाँको धारणा थियो । राज्यले कृषि क्षेत्रमा वर्षेनी ठुलो लगानी गर्दै आईरहेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले स्वरोजगारकालागि कृषि नै उत्तम विकल्प रहेको समेत प्रष्ट पार्नुभयो । प्राकृतिक स्रोत र साधनका हिसावले नेपाल विश्वकै १७ औं धनि देशका रुपमा रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “हाम्रो देशको प्रत्येक नदिमा सुन बगीरहेको छ, उच्चतम प्रविधिको प्रयोग गरेर सुन उत्खनन् गरौं ।” सम्बोधनकै क्रममा मन्त्री अथकले युवाका क्षेत्रमा भएका कार्यक्रमहरू विभिन्न मन्त्रालयमार्फत् छरिएर रहेकाले प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको समेत दाबी गर्नुभयो । युवाका लागि छुट्याइएको बजेटको पनि सदुपयोग हुन नसकेको उहाँको भनाइ थियो । “राज्यको रकम दुरुपयोग भइरहेको छ” उहाँले भन्नुभयो,, “प्रतिफल नआउनु भनेको दुरुपयोग हुनु हो नि ।” युवा तथा रोजगारसँग सम्बन्धित थुप्रै कार्यक्रम एक–अर्कासँग सम्बन्धित भएकाले ति सबै कार्यक्रमलाई मर्ज गरेर छुट्टै कोष स्थापना गर्नुपर्नेमा मन्त्री अथकले जोड दिनुभयो । “हामीसँग युवा तथा रोजगारसँग सम्बन्धित १४ वटा कोष रहेका छन” उहाँले भन्नुभयो, “ति सबैलाई एउटै ठाँउमा समायोजन गर्नुपर्छ ।” युवासँग सँबन्धित सम्पूर्ण गतिविधिहरु एकद्धार प्रणालीबाट संचालन हुनेगरी छुट्टै प्राधिकरण गठन गरेर अथवा अहिले अस्तित्वमा रहेका मध्य कुनै एउटा कोषबाट मात्र कार्यक्रम तर्जुमा गर्नुपर्ने उहाँको धारणा रहेको थियो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा संचालन गरीएको कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, संचारकर्मी तथा युवाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…