SamwadKhabar logo

               

खेलकूद

खेलकुद मन्त्री अथक रुस प्रस्थान

संवाद खबर

संवाद खबर

खेलकुद मन्त्री अथक रुस प्रस्थान
जेठ ३०, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गर्नुभएको छ । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गर्नुभएको हो । पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसक्रममा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ । साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल हुनेछ । भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ । नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिईएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…