SamwadKhabar logo

               

खेलकूद

पोचेटिनोले पिएसजी छाड्ने

देवराज रिजाल

देवराज रिजाल

पोचेटिनोले पिएसजी छाड्ने
जेष्ठ ३०, काठमाडौँ । अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन ९पिएसजी० छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् । पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पीएसजीसँग उनको सझौता सन् २०२३ को जुन ३० सम्म छ । अहिलेसम्म पोचेटिनोले क्लब छाड्नेबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पोचेटिनो सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले सन् २०२१ को सुरुमा पोचेटिनोलाई नियुक्त गरेको थियो । फ्रेन्च लिग वानको उपाधि जितेपनि पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएको थियो । पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वानसँगै कप दि फ्रान्स र ट्रफी डेस च्याम्पियन जिताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाधयमले भने फ्रान्सका लेजेण्ड खेलाडी तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान अब पीएसजीको नयाँ प्रशिक्षक बन्ने दाबी गरिसकेका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…