SamwadKhabar logo

समाचार

काठमाडौंमा कुद्न थाल्यो महानगरको पूर्वाधार एम्बुलेन्स

देवराज रिजाल

देवराज रिजाल

काठमाडौंमा कुद्न थाल्यो महानगरको पूर्वाधार एम्बुलेन्स
जेष्ठ ३०, काठमाडौँ । एम्बुलेन्स भन्नेबित्तिकै हामी यस्तो सवारी बुझ्छौं जसले आकस्मिक बिरामीलाई अस्पताल दौडाउँछ। अचेल अत्यावश्यक स्वास्थ्य सेवा र डाक्टर(नर्ससहितका एम्बुलेन्स प्रचलनमा छन्। दुर्घटनाका घाइतेलाई अस्पताल पुग्नुअघि आकस्मिक सेवा दिएर प्राण जोगाउन सकिने हुँदा यस्तो एम्बुलेन्स प्रयोगमा आएको हो। काठमाडौं महानगरपालिकाले यही अवधारणा पूर्वाधार क्षेत्रमा अपनाएको छ। पूर्वाधारमा केही यस्ता समस्या हुन्छन् जसलाई तुरून्तै हल गरियो भने ठूलो रूप लिँदैन। लामो समय यत्तिकै राख्दा कुनै दिन यति ठूलो हुन्छ, त्यसलाई सुल्झाउन धेरै रकम खर्च नगरी धर पाइन्न। कम खर्चमा सजिलै मर्मत हुन सक्ने पूर्वाधारमा ठूलो बजेट खर्चने नौबत नआओस् भनेर काठमाडौं महानगरपालिकाले सोमबारबाट ुपूर्वाधार एम्बुलेन्स सेवाु सञ्चालनमा ल्याएको छ। सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न महानगरले यस्तो सेवा सुरू गरेको हो। जसरी एम्बुलेन्समा बिरामीको आकस्मिक उपचार गर्न डाक्टर(नर्स हुन्छन्, महानगरको यो एम्बुलेन्समा बिरामी पूर्वाधारको उपचार गर्न इञ्जिनियर वा प्राविधिक रहन्छन्। उनीहरूले आफूलाई चाहिने अत्यावश्यक उपकरण सँगै बोकेका हुन्छन्। पूर्वाधार एम्बुलेन्समा एक इञ्जिनियरसहित चार जना मजदुरको टोली छ। महानगरले दुइटा एम्बुलेन्स तयारी अवस्थामा राखे पनि पहिलो चरणमा एउटा मात्र सञ्चालनमा ल्याएको छ। नवनिर्वाचित मेयर बालेन शाहले महानगरको पहिलो कार्यपालिका बैठकमा यो सेवा सुरू गर्ने प्रस्ताव पेस गरेका थिए। बैठकले पारित गरेपछि गत शुक्रबार नै तयार पारिएको पूर्वाधार एम्बुलेन्स सोमबारबाट सञ्चालनमा आएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाले जानकारी दिए। पूर्वाधार एम्बुलेन्सका इञ्जिनियर हरिबहादुर बुढाले महानगरको कल सेन्टरमा सर्वसाधारणबाट आएका गुनासाका आधारमा आकस्मिक मर्मतसम्भार गर्न थालेको बताए। सबभन्दा पहिला सर्वसाधारणले महानगरको कल सेन्टरमा फोन गरेर सूचना दिनुहुन्छ। हामी त्यही सूचनाका आधारमा उहाँहरूले भन्नुभएको ठाउँमा जान्छौं र के समस्या रहेछ निरीक्षण गर्छौं, उनले भने, निरीक्षण गरेर आएपछि मर्मतसम्भार गर्न के(कस्ता सामान चाहिन्छ भनी हिसाब निकालिन्छ अनि हामी पूर्वाधार एम्बुलेन्ससहित मर्मतसम्भार गर्न फिल्डमा पुग्छौं। महानगरको कल सेन्टर सेवा र पूर्वाधार एम्बुलेन्स एकअर्काका परिपूरक बनेका छन्। कल सेन्टर सेवा पनि पहिलो कार्यपालिका बैठकको निर्णयकै आधारमा लागू गरिएको हो। रष्ट्रिय सभागृहमा सुरू कल सेन्टरमा दैनिक आठ सयका दरले फोन आइरहेका छन्। अहिलेलाई धेरैजसो फोन मेयर शाह र उपमेयर सुनीता डंगोललाई बधाई दिन आइरहेका छन्। त्यसबाहेक आफ्नो टोलतिर सडक, ढल, फुटपाथ वा अन्य पूर्वाधार बिग्रे(भत्केकोबारे गुनासो गर्नेहरूको संख्या पनि उल्लेख्य छ। पूर्वाधार एम्बुलेन्सले पूर्ण रूपमा काम सुरू गरेपछि कल सेन्टरमा आएका गुनासा सबै सम्बोधन हुने सार्वजनिक निर्माण विभागका प्रमुख थापाले बताए। उनका अनुसार पहिलो चरणमा केही दिनयता कल सेन्टरमा आएका गुनासा समस्या सम्बोधन गर्ने काम भइरहेको छ। त्यसैमध्ये डल्लु क्षेत्रमा सडकका खाल्डाखुल्डीबारे गुनासो आएको थियो। पूर्वाधार एम्बुलेन्स टोलीले निरीक्षण गरेर आइसकेको छ। अहिले त्यहाँ खाल्डाखुल्डी पुर्ने काम भइरहेको थापाले जानकारी दिए। ‘बाटोका खाल्डाखुल्डीमा बर्खाको पानी जमेर सर्वसाधारणलाई सास्ती भइरहेको छ। हामी त्यस्ता खाल्डाखुल्डी पुर्ने काम गरिरहेका छौं। फुटपाथमा पनि खाल्डाखुल्डी धेरै हुँदा बटुवालाई हिँड्न गाह्रो छ। त्यसलाई सुधार्ने काम हुँदैछ, उनले भने। कल सेन्टरमा आएका गुनासामध्ये कतिपय काम महानगरको क्षेत्राधिकारभन्दा बाहिरका हुन्छन्। उदाहरणका लागि, मूल सडकको जिम्मा महानगरको हुँदैन। त्यस्तो अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिने उनले बताए। कतिपय काम टेन्डर निकालेर गर्नुपर्ने स्तरका पनि हुन्छन्। त्यस निम्ति छिट्टै टेन्डर आह्वान गरेर काम सुरू गरिने उनले जानकारी दिए। अहिलेलाई फुटपाथका खाल्डाखुल्डी पुर्नेजस्ता टेन्डर गर्नु नपर्ने काम पूर्वाधार एम्बुलेन्सबाट हुनेछन्, उनले भने, टेन्डर निकालेर गर्नुपर्ने काम भए पनि महानगरको कल सेन्टरमा फोन गरेर सुझाव दिन सक्नुहुन्छ। यसले महानगरलाई बजेट छुट्टयाउन सहयोग पुग्नेछ।’ महानगरले पूर्वाधार एम्बुलेन्सका लागि चाहिने मर्मतसम्भारका सामान टेकुस्थित वातावरण विभाग कार्यालयमा राखेको छ। यसमा बालुवा, गिटी, सिमेन्ट, इटा लगायत छन्। आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेकाले नयाँ बन्दोबस्त नगरी टेकु कार्यालयमै सामानहरू राखिएको थापाले जानकारी दिए।कल सेन्टरमा फोन गर्ने कतिपयले ठाउँ राम्ररी बुझाउन नसक्दा काम गर्न कठिनाइ भइरहेको थापाको अनुभव छ।‘बानेश्वरको बाटोमा खाल्डाखुल्डी भएको गुनासो आयो,’ उनले भने, ‘फोन गर्नेले समस्या त टिपाउनुभयो तर लोकेसन प्रस्ट भन्नुभएनछ। लोकेसन प्रस्ट नबताइदिँदा हामीलाई फिल्डमा पुग्न कठिनाइ भयो।’ जसले फोन गर्दा पनि कमसेकम लोकेसन र कुन मार्गमा समस्या आएको हो भनेर प्रस्ट बताउनुपर्ने उनले सुझाए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि