SamwadKhabar logo

समाचार

सर्पको टोकाइबाट एक गर्भवतीको मृत्यु

संवाद खबर

संवाद खबर

सर्पको टोकाइबाट एक गर्भवतीको मृत्यु
जेठ ३१, अछाम। सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो । सोमबार राति सुतेको अवस्थामा सर्प घरभित्र पसेर करिब १० बजेतिर डसेपछि विहान अस्पताल ल्याउन तयारी गरिरहेकै बेलामा रामपुराको मृत्यु भएको हो । सर्पले डसेपछि सञ्चो बनाउने भन्दै परिवारले गाउँमै झारफुक गराएको बताइएको छ । झारफुकमा सञ्चो नभएपछि मंगलबार विहान अस्पताल लैजान तयार गर्दागर्दै ज्यान गएको हो । राति सर्पले टोक्यो, एम्बुलेन्स चाहियो भनेर मलाई विहान ८ बजे खबर आयो, म एम्बुलेन्सको लागि खबर गर्दै थिएँ, १५ मिनेटपछि त मृत्यु भइहाल्यो भनेर खबर आइहाल्यो ।’ वडा अध्यक्ष हेमबहादुर शाहीले भन्नुभयो । छ महिनाको गर्भवती रहेका रामपुराका एक छोरा, एक छोरी छन् । मृतकका श्रीमान् शारीरिक रुपमा अस्वस्थ रहेको बताइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि