SamwadKhabar logo

समाचार

पूर्वाधार एम्बुलेन्स : जसले दैनिक सात ठाउँका खाल्डाखुल्डी पुर्छ

संवाद खबर

असार १, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सले दैनिक सात ठाउँका खाल्डाखुल्डी पुर्ने गरेको छ । केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको एम्बुलेन्सले आफैँ अनुगमन गरेर समस्या समाधान गर्न थालेको महानगर सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताए । विभागका अनुसार महानगरले दुईवटा पूर्वाधार एम्बुलेन्स स्ट्यान्डबाई राखिएको छ । तर, तत्काल धेरै गुनासा र समस्याहरू नआउँदा एउटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । “आज पनि बुद्धनगरतिर एम्बुलेन्स गएको छ । कर्मचारी, जनप्रतिनिधि, महानगरबासीले गरेको गुनासोका आधारमा एम्बुलेन्स जान्छ । आवश्यकता अनुसार आएको सूचनालाई पछ्याउने काम भइरहेको छ,” थापाले भने, “तत्काल समस्या समाधान नगर्दा पनि केही नहुने समस्याहरूलाई पनि प्राथमिकतामा राख्छौँ । बाटोमा सवारी दुर्घटना, मान्छे आवतजावतमा समस्या छ भने तत्काल समाधान गर्छौं ।” थापाका अनुसार दैनिक सात ठाउँमा पुगेर खाल्डाखुल्डी पुर्ने काम एम्बुलेन्सले गरिरहेको छ । यसका लागि पूर्वाधार एम्बुलेन्ससहित इन्जिनियर र काम गर्ने मानिसहरू पुगेर तत्काल खाल्डाखुल्डी पुर्ने काम गर्छन् । महानगरमा बसेको पहिलो कार्यपालिका बैठकमा मेयर बालेनले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि