SamwadKhabar logo

समाचार

‘कुमारी आमा’ निहारिकालाई न्याय दिन सांसदको माग

संवाद खबर

संवाद खबर

‘कुमारी आमा’ निहारिकालाई न्याय दिन सांसदको माग
असार १, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महिला सांसदहरूले ‘कुमारी आमा’ निहारिका राजपूतको न्यायका लागि माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसाल र सांसद डा। डिला संग्रौला पन्तले निहारिका राजपूतलाई न्याय दिन माग गरेका हुन् । उनीहरूले बलात्कार मुद्दामा हदम्याद हटाउन पनि माग गरे । “निहारिका घटनाले राज्यको दायित्व बढाएको छ, छिटो न्याय दिन के कस्तो रणनीति अपनाएको छ, बलात्कार घटाउन र अपराधीलाई निरुत्साहित गर्न बलात्कारसम्बन्धी हदम्याद घटाउन जरुरी छ,” भुसालले भनिन् । सांसद् संग्रौलाले ढिलो न्याय दिनु भनेको न्याय नदिनु भएको भन्दै राजपूतलाई न्याय दिन आग्रह गरिन् । “कुमारी आमा बच्चा च्यापेर न्याय मागिरहेकी छन्, उनले आफू १७ वर्षमा बलात्कृत भएको भनेकी छन्,” संग्रौलाले भनिन्, “न्याय ढिला हुनु भनेको न्याय नपाउनु हो । न्यायलाई छिटो बनाउन आग्रह गर्दछु । कुमारी आमालाई न्यायका लागि अपिल गर्दछु ।” प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद थममाया थापाले पनि निहारिकालाई न्याय दिन सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिशुलाई दूध चुसाउँदै अनशन बस्ने कुरा लाजमर्दो भएको भन्दै न्यायको माग गरेकी हुन् । ०७६ साल कात्तिकमा १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै निहारिका अनशनरत छिन् । बलात्कारपछि जन्मिएको बच्चा २१ महिनाका हुँदा पनि न्याय नपाएको निहारिकाको भनाइ छ । आज अनशनको छैटौँ दिनसम्म आइपुग्दा निहारिकाको स्वाथ्य कमजोर बन्दै गएको छ । निहारिकाको मुद्दामा धनुषा जिल्ला अदालतले ०७८ माघ २४ गते श्रेष्ठको पक्षमा फैसला गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि