SamwadKhabar logo

समाचार

मेलम्ची खानेपानी ओयोजनामा विद्युत सर्ट हुँदा एक मजदुरको मृत्यु

संवाद खबर

संवाद खबर

मेलम्ची खानेपानी ओयोजनामा विद्युत सर्ट हुँदा  एक मजदुरको मृत्यु
असार २, काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सुन्दरीजलमा विद्युत सर्ट भएर एक मजदुरको मृत्यु भएको छ । ३ वर्षदेखि काम गर्दै आएका गोकर्णेश्वर नगरपालिका वडा नं. १ निवासी २५ वर्षिय सोनाम तामाङको जेठ ३१ गते  ज्यान गएको परिवारले बताएको छ । कम्पनीको लापरवाहीका कारण मजदुरको ज्यान गुमाएको भन्दै आफन्ताहरुले क्षतिपूर्तिको माग सहित ध्यानाकर्षण गरेका छन् ।  मृतक तामाङको शव  ३ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मेलम्ची खानेपानी आयोजनाको चरम लापरवाहीका कारण पटक–पकट मजदुरले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको त्यहाँका स्थानीयहरुको भनाई छ । जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको त्यहाँ मजदुरहरुको गुणासो छ । बुट समेत नदिई सामान्य चप्पाल मात्र लाएर काम गर्नुपर्ने बाध्यता रहेको त्यहाँको मजदुरहरुको भनाई छ । विद्युत प्रवाहलाई सुरक्षा नअपाउँदा पटक–पटक त्यस्तो घटनाहरु घटिरहेको गोकर्णेश्वर वडा १ का पूर्व अध्यक्ष राम मानन्धरले बताए । घटना घटेपछि आफू पनि पुगेको र निर्वाचित जनप्रतिनिधिहरु नभएपछि घटना छानविन प्रक्रिया अगाडी नबढाएको उनले बताए । मानन्धरले खानेपानी आयोजनाले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र स्थानीयहरुलाई रोजगार प्रवन्धसंगै सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने बताए । ४ महिनादेखि नै सुरुङ्ग अगाडी बिजुलीको पोलमा विद्युत सर्ट भईरहे पनि वास्ता नगरी मजदुरलाई काम गर्न लगाईरहेको अन्य कामदारहरु बताउँछन् । मृतक सोनाम तामाङको श्रीमति र ३ वर्षिय एक छोरी छिन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि