SamwadKhabar logo

               

खेलकूद

फिफाले सार्वजनिक गर्‍यो २०२६ विश्वकप आयोजना गर्ने १६ सहर

संवाद खबर

संवाद खबर

फिफाले सार्वजनिक गर्‍यो २०२६ विश्वकप आयोजना गर्ने १६ सहर
असार ३, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो लगाएको छ । १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन् । २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् । अमेरिकाको ११ सहरमा विश्वकप आयोजना हुनेछ भने मेक्सिकोको तीन र क्यानडाको दुई सहरले विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् । १९९४ विश्वकपमा छुटेका अमेरिकाको सहरहरू एटलान्टा, ह्युस्टन, मायामी, फिलाडेल्फिए, सियाटल र कान्सस सिटीले यसपटक विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् । त्यस्तै १९९४ को विश्वकप आयोजना गरेका बाल्टिमोर, सिनसिनाटी, डेनभर, न्यासभिल, टेनेसी र फ्लोरिडाको ओर्लान्डो भने यसपटक जिम्मेवारी पाएका छैनन् । अमेरिकाका सबै ११ रंगशाला एएफएल टिमका घरेलु सहर हुन् । बोस्टन, डल्लास, लस एन्जल्स, सन फ्रान्सिस्को र न्युयोर्कले १९९४ मा पनि विश्वकपको आयोजना गरेका थिए । मेक्सिको सिटीको एज्टाका रंगशाला तीनपटक विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बन्ने भएको छ । यस रंगशालामा १९७० र १९८६ विश्वकपको फाइनल खेल आयोजना गरिएको थियो । यससँगै मेक्सिकोको ग्वेडेलाजारा र मोन्टेरी सहरले पनि विश्वकप आयोजनाको जिम्मेवारी पाएको छ । त्यस्तै क्यानडाका टोरन्टो र भान्कोउभरले २०२६ को विश्वकप आयोजना गर्नेछन् । अमेरिकाका विश्वकप आयोजना हुँदा राजधानी सहर वासिङ्टन डिसीले भने विश्वकपका खेल आयोजना गर्ने छैनन् । २०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेका थिए ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…