SamwadKhabar logo

               

खेलकूद

नेपाल द्वारा भुटान ५० रनले पराजित

देवराज रिजाल

देवराज रिजाल

नेपाल द्वारा भुटान ५० रनले पराजित
३ असार, काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको छ । मलेसियाको बांगीस्थित यूकेएम(वाईएसडी क्रिकेट ओभलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १ र १ विकेट लिए । ९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान १७.५ ओभरमै अलआउट भएको हो । छिरिङ जाङ्मोबाहेक भुटानका लागि कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । छिरिङले २८ बलमा १६ रन बनाएकी थिइन् । नेपालका लागि सबनम राईले किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । २।५ ओभर बलिङ गरेकी उनले ६ रन मात्र खर्चिएकी थिइन् । त्यस्तै कविता कुँवर र सीता राना मगरले २ र २ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र इन्दु बर्माले १ र १ विकेट लिए । जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । नेपाली टिमले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…