SamwadKhabar logo

               

खेलकूद

गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

संवाद खबर

संवाद खबर

गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना
असार ५, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो । शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे । नगरपालिकाले पहिलोपटक स्काउटमा आधारित यस्तो क्याम्प आयोजना गरेको हो । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी रहेका छन् । रोभर रेन्जर क्याम्पले विद्यार्थीलाई स्काउटका गतिविधिमा सामेल गराउने नगरपालिकाका मेयर महर्जनले बताए । उनले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने जानकारी समेत गराए । ‘स्काउटले नैतिकता सिकाउछ, सम्यम्ता र उद्दार कार्यमा जुट्न सिकाउछ‘, उनले भने, ‘अब निकट भविस्यमा पनि बजेटको व्यवस्थापन गर्नेछौँ ।‘ उममेयर मुना अधिकारीले नगरपालिकालाई स्काउटमय बनाउने बताइन् । उनले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्दार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने बताइन् । स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो। हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दिपक अर्यालले जानकारी दिए । सो अवसरमा स्काउटका भाइ बहिनीहरुलाई शशस्त्र प्रहरीले विपद व्यवस्थापन, नेपाल प्रहरीले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत लागु औषध र साइबर सम्बन्धी तालिम र वरिष्ठ पत्रकार भवानी बरालले नैतिक शिक्षा र स्काउटको बारेमा प्रशिक्षण दिएका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…