SamwadKhabar logo

समाचार

पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ

देवराज रिजाल

देवराज रिजाल

पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ
६ असार, काठमाडौँ । पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतले फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले आइतबार पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसला गरेको हो । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पाण्डेविरुद्ध त्यही हैसियतमा दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी मुद्दा चलाइएको थियो । उनीसहित मुद्दा चलाइएका सिँचाइ आयोजनाका सबै कर्मचारीलाई पनि विशेष अदालतले आइतबार सफाइ दिएको छ । सिँचाइ आयोजनाका तत्कालीन प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेतले पनि सफाइ पाएका छन् । सिँचाइ आयोजनाका इन्जिनियरहरू मीनराज ढकाल, सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, रविनाथबाबु श्रेष्ठ आशिषचन्द्र खनाल र कमलप्रसाद रेग्मीलाई पनि विशेष अदालतले सफाइ दिएको छ । कालिका कन्ट्रक्सन जेभीका आधिकारिक प्रतिनिधि युवराज क्षेत्री र कालिकासँग जोइन्ट भेन्चरमा काम गरिरहेको ‘इआरएमसी–आईटीको नेपाल जेभी’का प्रबन्ध निर्देशक उद्धवराज चौलागाईं, आधिकारिक प्रतिनिधि हेमनिधि शर्मा र सोही जेभीका टिम लिडर अरुणकुमार चौधरीले पनि सफाइ पाएका छन् । राप्रपाका उपाध्यक्ष रहेका पाण्डे चितवन–३ बाट दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित भएका थिए भने गत संसदीय निर्वाचन, २०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । त्यसको एक वर्षपछि अख्तियारले पाण्डेसहितविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । विशेष अदालतले सफाइ दिएपछि पाण्डेलाई आउने निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि