SamwadKhabar logo

               

खेलकूद

अश्मिना कर्माचार्यलेको ५ विकेट, नेपाललाई फाइनल प्रवेशका लागि ८२ रनको लक्ष्य

देवराज रिजाल

देवराज रिजाल

अश्मिना कर्माचार्यलेको ५ विकेट, नेपाललाई फाइनल प्रवेशका लागि ८२ रनको लक्ष्य
असार १०, काठमाडौँ । अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी एसिसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपालले ८२ रनको लक्ष्य दिएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९।५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो। उसका लागि वैष्णव महेशले सर्वाधिक १६ रन बनाइन्। इशा ओझाले १५ रन बनाउँदा कप्तान छायाँ मुगहालले १४ रन जोडिन्। यस्तै खुसी शर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। युएईलाई मध्यम योगफलमा रोक्न नेपालका लागि अश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन्। ३.५ ओभर बलिङ गरेकी आश्मिनाले १० रन खर्चिएर ५ विकेट लिएकी हुन्। यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चिइन्। यस्तै सीताले ४ ओभरमा १९ रन खर्चिइन्। कप्तान रूविना क्षेत्रीले ४ ओभरमा १२ रन खर्चदै किफायती बलिङ गरिन्। संगीताले २ ओभरमा १० रन खर्चिँदा कविता कुँवरले २ ओभरमा १३ रन खर्चिइन्। यदि आज नेपालले युएईलाई हराए एसिया कप खेल्न पाउनेछ। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन्। रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यता जारी प्रतियोगितामा राम्रो लयमा देखिएको युएई अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो। यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि भिड्नेछन्। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…