SamwadKhabar logo

               

खेलकूद

नेपाली क्रिकेटको विकासका विषयमा छलफल

संवाद खबर

संवाद खबर

नेपाली क्रिकेटको विकासका विषयमा छलफल
असार १२, काठमाडौं ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (ICC) का पदाधिकारीहरु बिच भेटवार्ता भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक र आईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आईसीसीले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । “आईसीसीले नेपाली क्रिकेटको विकासमा खेलेको भुमिका प्रशंसनिय छ, आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं ।” मन्त्री अथकले भन्नुभयो । उहाँले नेपालमा क्रिकेट प्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै सम्भावना समेत बढेको उल्लेख गर्नुभयो । विगत भन्दा नेपाली खेलाडीहरुको अवस्था सुध्रीएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडी र खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताउनुभयो । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिवन्ध फुकुवा गरेकोमा मन्त्री अथकले खुसी समेत ब्यक्त गर्नुभएको थियो । भेटवार्तामा बोल्दै आईसीसी विकासका अध्यक्ष इमरान क्वाजाले नेपालमा क्रिकेटको धेरै ठुलो सम्भावना रहेको बताउनुभयो । आफुले विगतदेखी नै नेपाली क्रिकेट क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै क्वाजाले पछिल्लो समय सरकारी संयन्त्रबाट समेत क्रिकेटको विकासकालागि प्रयासहरु भईरहेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले नेपाली क्रिकेटको विकासकालागि ठुला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । आइसीसीले समेत नेपालमा ठुला खालमा प्रतियोगिता संचालनकालागि आवश्यक पहल गरीरहेको क्वाजाको भनाई थियो । भेटवार्तामा आइसीसीका जेनेरल म्यानेजर विलियम्स ग्लानराइट, वित्त तथा सञ्चालन अधिकृत नितेशा कोठारी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगाएत सहभागी हुनुभएको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…