SamwadKhabar logo

समाचार

मृत अवस्थामा भेटिएका दोहोरी गायिका दिलमाया सुनारको घटना शंकास्पद

संवाद खबर

संवाद खबर

मृत अवस्थामा भेटिएका दोहोरी गायिका दिलमाया सुनारको घटना शंकास्पद
असार १२, काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी दोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला परेको छैन । प्रहरीका अनुसार शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । सुर्खेत घर भएकी उनले शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै सामाजिक सञ्जालमा ‘सुसाइड नोट’ आशयको स्टाटस पनि लेखेकी थिइन् । घटनाबारे प्रहरी अनुसन्धान जारी छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार घटना शंकास्पद छ । उनले भने, “मृतकको मोबाइल भेटिएको छैन । स्टाटस पनि लेखिएको छ । तर, मोबाइल नभेटिँदा शंका गर्ने ठाउँ छ । मोबाइल खोजिरहेका छौँ । एकजनालाई नियन्त्रणमा लिएका छौँ । अहिले सबै भन्न मिल्ने अवस्था छैन ।” मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको पाइएको छ । गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् । उनी लाइभ दोहोरीगीतका कारण पनि चर्चित थिइन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उत्कृष्ट घोषित भएकी दिलमाया विवाहित थिइन् । तर, पतिसँग सम्बन्धविच्छेदपछि उनी केही वर्षयता एक्लै बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ । शुक्रबार राति दिलमायाले फेसबुकमा स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको र आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी थिइन् । प्रहरीले उनको हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने जनाएको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि