SamwadKhabar logo

               

विश्व

गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालतअगाडि प्रदर्शन

देवराज रिजाल

देवराज रिजाल

गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालतअगाडि प्रदर्शन
असार १२, काठमाडौँ । गर्भपतनसम्बन्धी पाँच दशक पुरानो फैसलालाई उल्ट्याउने आदेशविरूद्ध अमेरिकाको सर्वोच्च अदालतअगाडि सयौंले प्रर्दशन गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार विभिन्न प्लेकार्ड बोकेका प्रर्दशनकारीहरूले सर्वोच्चको निर्णय सच्चाउन माग गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सर्वोच्चको फैसलाप्रति असहमति जनाएका छन्। अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला शुक्रबार उल्ट्याएको थियो। यो फैसलासँगै अब महिलाहरूले गर्भपतन गर्न पाउने अधिकारबारे अमेरिकी राज्यहरूले आ(आफ्नो हिसाबले निर्णय गर्न सक्नेछन्। राज्यहरूले आफैंले यसबारे कानुन बनाउन पाउने छन्। पचास वर्षअघि अदालतले अमेरिकामा गर्भपतन गर्न कानुनी अनुमति दिएको थियो। अमेरिकी संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी फैसला लिने हक पनि दिएको भनिएको थियो। सर्वोच्चको पछिल्लो फैसलापछि अमेरिकी महिलाहरू आक्रोशित बनेका छन्। गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले अदालतको फैसलामा असन्तुष्टि जनाएका छन्। विज्ञहरूका अनुसार अदालतको फैसलाले अमेरिकामा गर्भपतनको अधिकार परिवर्तन गर्ने सम्भावना छ। हरेक राज्यले आफ्नो हिसाबले कानुन बनाउन पाउने भएकाले महिला अधिकार हनन हुने उनीहरूको भनाइ छ। आधाभन्दा धेरै राज्यले गर्भपतनमा प्रतिबन्ध लगाउने अनुमान गरिएको छ। अमेरिकाका १३ वटा राज्यले गर्भपतनमा रोक लाउने कानुन पारित गरिसकेका छन्। सर्वोच्चको फैसलासँगै ती राज्यमा गर्भपतनविरूद्धको कानुन लागू हुनेछ। सन् १९७१ मा गर्भपतनमा असफल भएकी एक महिलाका तर्फबाट सर्वोच्चमा निवेदन परेपछि गर्भपतनबारे कानुन बनेको थियो। यसलाई रो बनाम वेड मामिला भनिन्छ। त्यसमा गर्भपतन महिलाको अधिकार भएको र यसमा सहज पहुँच हुनुपर्ने माग गरिएको थियो। निवेदन दायर भएको दुई वर्षपछि सन् १९७३ मा सर्वोच्चले यसमा आफ्नो फैसला दिएको थियो। गर्भपतनलाई कानुनी मान्यता दिँदै संविधानले नै गर्भवती महिलालाई निर्णयको अधिकार दिएको उल्लेख गरिएको थियो। त्यसपछि अमेरिकी अस्पतालहरूले महिलाहरूलाई गर्भपतनको सेवा र सुविधा दिन अनिवार्य भएको थियो। त्यो बेला अमेरिकी महिलालाई गर्भधारणको पहिलो तीन महिनाभित्र गर्भपतन गर्ने कानुनी अधिकार दिइएको थियो। पछि धार्मिक कारण देखाउँदै भ्रूण हत्या गर्न नहुने मतहरू अगाडि आए। केही राज्यमा बिस्तारै गर्भपतनमा रोक लगाइयो। केहीले भने महिलाहरूलाई यो अधिकार दिइराखे। अहिले आएर सर्वोच्चले राज्यहरूलाई नै गर्भपतनबारे नियम बनाउने अधिकार दिएको छ। अब अमेरिकी राज्यहरू गर्भपतनलाई कानुनी मान्यता दिने र नदिने गरी दुई समूहमा बाँडिने सम्भावना छ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…