SamwadKhabar logo

समाचार

हैजा उपचारका लागि अस्पतालहरु तयारी अवस्थामा छन्ः निर्देशक दास

देवराज रिजाल

असार १३, काठमाडौँ । हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले निर्देशन दिएको बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको सोमबार प्रतिनिधिसभामा हैजाबारे भएको छलफलमा उपस्थित भएका निर्देशक दासले हालसम्म नेपालमा १२ जनामा हैजाको जिवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको बताए । ‘चार वटा केस बाँकी छ, एउटा केस आईसीयूमा पनि गयो’ उनले भने । हैजाको उपचारका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ । हाल हैजाका बिरामीको निजी क्षेत्रको बयोधा अस्पताल र स्टार अस्पतालले पनि उपचार गरिरहेका छन् । निर्देशक दासका अनुसार बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जिवाणु भेटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको उनले बताए । काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको निर्देशक दासको भनाइ छ । बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको पनि दासले बताए । सांसदहरुले हैजाले भयंकर रुप लिन सक्ने भन्दै सरकारी निकायलाई सचेत हुन खबरदारी गरेका छन् । काठमाडौंको बागबजारबाट सुरु भएको हैजा फैलिदै गएको भन्दै उनीहरुले सरकारले बेलैमा नियन्त्रणका लागि कदम चाल्नुपर्ने बताए ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि