SamwadKhabar logo

               

विश्व

रूसी मिसाइलहरूको प्रहारबीच जेलेन्स्कीले जी–७ लाई सम्बोधन गर्ने

संवाद खबर

संवाद खबर

रूसी मिसाइलहरूको प्रहारबीच जेलेन्स्कीले जी–७ लाई सम्बोधन गर्ने
असार १३, जर्मनी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धनी राष्ट्रहरूको समूह जी–७ समूहको शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दैछन् । सम्बोधनमा उनले रुस विरुद्धको युद्ध जित्न थप प्रभावशाली हतियारहरू उपलब्ध गराउन आग्रह गर्ने बताइएको छ । यो सातामा कीभ र अन्य क्षेत्रहरूमा रूसी मिसाइल आक्रमणहरूको बमबारी भएको थियो । जसमा कम्तिमा एकजनाको मृत्यु भएको छ । पूर्वी युक्रेनमा रुसले सेभेरोडोनेत्स्कलाई पूर्ण नियन्त्रणमा लिएको छ भने नजिकैको लिसिचान्स्कलाई निशाना बनाएको छ । आइतबार जेलेन्स्कीले हतियार दिन ढिलाइ गर्नु भनेको रूसलाई बारम्बार हमला गर्न निम्तो दिनु रहेको टिप्पणी गरेका थिए । आफ्नो दैनिक भिडियोमार्फत बोल्दै उनले हवाई प्रतिरक्षा प्रणाली र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन पनि आग्रह गरेका थिए । “साझेदारहरू छिटो अघि बढ्न आवश्यक छ । यदी उनीहरु साँच्चै नै साझेदारहरू हुुन्, पर्यवेक्षकहरू होइनन् भने,” उनले थपे । जी–७ का राष्ट्रहरूले कीभलाई थप सैन्य सहयोग र मस्कोमा थप प्रतिबन्धहरूको वाचा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । पश्चिमी राष्ट्रका नेताहरूले एकता प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसी मिसाइल हमलाहरूले ‘एकसाथ उभिनु र युक्रेनीहरूलाई समर्थन गर्नु सही’ देखाएको अभिव्यक्ति दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो र जी–७ टुक्रिने विश्वास गरेको बताउँदै भने, “तर, हामीले त्यसो गरेका छैनौं र गर्ने पनि छैनौँ ।” तर, शिखर सम्मेलनमा रहेका बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलले हालैका हप्ताहरूमा युद्धमा पश्चिमी एकता खस्किएको बताएका छन् । केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेको बुझिएको छ । अरूले युक्रेनलाई बलियो तथा दिगो समर्थनमा जोड दिएका छन् । बीबीसी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…