SamwadKhabar logo

समाचार

लिफ्ट मागेर चढेका तीन जनाले कुटपिट गरी गाडीसमेत लुटे

देवराज रिजाल

देवराज रिजाल

लिफ्ट मागेर चढेका तीन जनाले कुटपिट गरी गाडीसमेत लुटे
असार १३, काठमाडौँ । धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडकखण्डनजिक सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामादैजी घर भएका ३७ वर्षीय भण्डारी चढेको प्र३(०१(२३ च ८७२१ नम्बरको ‘सिल्भर कलर’को कार ती अज्ञात व्यक्तिहरुले गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा आफूहरुलाई पनि केही माथिसम्म लगि दिन लिफ्ट मागेका थिए । गाडी भण्डारीकै भएको प्रहरीले जानकारी दिएको छ । कैलाली प्रहरीका डीएसपी वेद जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेको कर्मचारी भण्डारीबाट खुल्न आएको हो । भण्डारीले घटनाबारे प्रहरीलाई दिएको जानकारीअनुसार तीन जनाको समूहमा रहेका भारतीय जस्तो लाग्ने लुटेराहरुले ती कर्मचारीलाई गम्छाले मुख बाँधेर, हात खुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । भण्डारीको टाउकोमा ढुंगा प्रहार गरिएको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको प्रहरीले जानकारी दिएको छ । ‘बिहान १० बजेतिरको घटना हो जस्तो देखिन्छ, प्रहरीले १ बजे खबर पाएको हो,’ डीएसपी जोशीले भने,‘घाइते भएका कर्मचारी भण्डारीलाई अत्तरियाको पद्मा अस्पताल पुर्‍याइएको छ, धेरै कुरा सोधपुछ गर्न सकिएको छैन, घटनाको प्रकृति प्रारम्भिक चरणमा देखिएको भन्दा फरक हुन पनि सक्छ ।’ घाइते भण्डारीले नगद रकम लुटिएकोबारे केही जानकारी नदिएको डीएसपी जोशीले बताए । घटना भएको कुन समयमा हो भन्ने पनि खुलेको छैन । ‘उनको अवस्थामा सुधार भएसँगै घटनाबारे थप सोधपुछ गरिने छ,’ डीएसपी जोशीले भने ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि