SamwadKhabar logo

               

विश्व

अमेरिकाको एक सहरमा ट्रकभित्र ४६ शव फेला, आप्रवासी हुन सक्ने आशंका

संवाद खबर

संवाद खबर

अमेरिकाको एक सहरमा ट्रकभित्र ४६ शव फेला, आप्रवासी हुन सक्ने आशंका
असार १४, काठमाडौं । अमेरिका र मेक्सिको सीमा नजिकै एक ट्रकभित्र ४६ शव फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबैजना आप्रवासी हुन सक्ने सीएनएनले जनाएको छ । सान आन्तनियो सहरको बाहिरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेको लरीमा ती शव फेला परेका थिए । छिमेकी मुलुक मेक्सिकोबाट गैरकानुनीरुपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ । सो क्षेत्रमा अत्यधिक गर्मी रहेको र लरीभित्र उनीहरुको गर्मीकै कारण ज्यान गएको पनि हुन सक्ने अनुमान गरिएको छ । मृत्यु भएका आप्रवासी कुन देशका हुन भन्ने अझै पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यसअघि पनि मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका केही आप्रवासीको मृत्यु भएको थियो । सन् २०१७ मा एक ट्रकभित्र १० जनाको शव फेला परेको थियो भने सन् २००३ मा १९ जना मृत अवस्थामा फेला परेका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…