SamwadKhabar logo

समाचार

काठमाडौँमा शरणार्थीहरुको धर्ना

देवराज रिजाल

देवराज रिजाल

काठमाडौँमा शरणार्थीहरुको धर्ना
१४ असार, काठमाडौँ । नेपालमा विभिन्न समयमा आएर शरण लिइरहेका शरणार्थीले संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसीआरको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले सोमबारदेखि धर्ना दिन सुरु गरेका हुन् । हामीले आफ्नो देशमा बस्न नसकेर नेपाल भागेर आयौँ । यहाँ आइपुग्न हामीले धेरै नै सङ्घर्ष र कष्टको सामना गर्नुपरेको छ । नेपाल आएर हामीले आफ्नो अवस्था केही फरक पाउने सोचेका थियौँ तर २०१५ सम्म पाइरहेको सुविधा कटौती भएपछि हाम्रो अवस्था दयनीय बन्दै गएको छ, अफगानिस्तानबाट भागेर नेपाल आएर शरणमा बसेकी एक महिला शरणार्थीले भनिन् । युएनएचसीआरको गेटमा अहिले धर्ना दिइरहेका शरणार्थीले आफ्ना बालबालिकालाई दिइँदै आएको शैक्षिक सुविधा, मासिक सहयोग, स्वास्थ्य सुविधा, रोजगारी लगायतका मागहरू प्रस्तुत गरेका छन् । यदि हाम्रो सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ भने हामी आफ्नो देश फर्कन तयार पनि छौँ । तर हाम्रो ज्यानको जिम्मेवारी यूएनले लिनुपर्छ । यदि यो कुराको विश्वसनीयता दिलाउन युएनएचसीआरले गर्छ भने हामी फेरि आफ्नो देश फर्किने छौँ, एक रोहिंग्या शरर्णाथीले भने । युएनएचसीआरले नेपालमा बसोबास गरिरहेका कैयन शरणार्थीलाई अस्थायी परिचय पत्र दिएको भए पनि त्यसले आफूहरूको गिरफ्तार रोक्नको लागि मात्रै सघाएको तर जीवनयापनमा केही फरक ल्याउन नसकेको भन्दै आलोचना समेत गरेका छन् । ​सोमबारदेखिको धर्ना कार्यक्रममा बङ्गलादेश, म्यानमार, पाकिस्तान, सोमालिया, अफगानिस्तान लगायत अन्य द्वन्द्वग्रस्त मुलुकका नागरिकहरू सहभागी रहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि