SamwadKhabar logo

समाचार

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष महर्जनसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी

संवाद खबर

संवाद खबर

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष महर्जनसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी
असार १५, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर–४ का नवनिर्वाचित अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६ मा अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ । लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ । आरोपीहरुलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ । मोहन बहादुर विष्ट अध्यक्ष हुँदा लिखत सम्बन्धि कसुरमा जाहेरी दर्ता भएको थियो । त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए । अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी वृत महाराजगञ्जका डिएसपी प्रमेश विष्टले आरोपीहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेका छन् । वडाध्यक्ष महर्जनसहित ३ जनालाई बरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो । अदालतमा वडाध्यक्ष महर्जनसहित निवर्तमान अध्यक्ष मोहनबहादुर विष्ट र पूर्ववडासदस्य ध्रुव त्रिपाठीविरुद्ध सरकारी कागजात कीर्ते गरेको र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि