SamwadKhabar logo

समाचार

नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी

देवराज रिजाल

१७, असार काठमाडौँ । नेपाली सेनाले खरिद गरेको नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री झोल औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी भएको पाइएको छ । सेनाले भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीज्बाट खरिद गरी ल्याएको ‘भिटामिन डी थ्री ड्रप्स् बायोडी’ नामक औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी देखिएको हो ।जी कम्पनीबाट सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिफेरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रति एमएल हुनुपर्नेमा ४२ हजार ७१८ आईयू प्रतियुनिट भएको पाइएको हो । शिशुहरुको मिर्गौलामा गम्भीर असर देखिएपछि औषधिको खराबी पत्ता लाग्यो । नेपाली सेनाले आफ्नो मातहतका अस्पताल र स्वास्थ्य शिविरहरुमा प्रयोग गर्नका लागि भिटामिन डी थ्री बायोडिप खरिद गरेको थियो । भारतीय कम्पनी उत्पादक रहेको सो औषधिको नेपाली आयातकर्ता भने नेपाली नै हुन् । नवजात शिशुहरुमा यो औषधि प्रयोग गरिएको केही महिनापछि मिर्गौलामा पत्थरीको समस्या देखिएपछि वीरेन्द्र सैनिक अस्पतालले छानबिन थाल्यो । अस्पतालले भक्तपुरको ज्येस्ट ल्याब्रेटरिज्मा सन् २०२२ मार्च २२ र २४ मा परीक्षण गर्दा सो भिटामिनमा मापदण्डभन्दा झन्डै ४ सय गुणा बढी डी थ्रीको मात्रा भएको पाइएको हो । भिटामिन डी थ्रीको बढी प्रयोगले बालबालिकामा क्यान्सरसम्म हुन सक्छ बायोडीजस्ता भिटामिनजन्य औषधि बालबालिकामा कुपोषण, जन्डिस् आदि समस्या हुँदा सिफारिस गरिन्छ । तर भिडामिन डी थ्री को उच्च प्रयोगले मिर्गौला, हड्डीमा गम्भीर असर पुर्‍याउने बताउँछिन् बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा। अञ्जली पण्डित । डा। पण्डितका अनुसार भिटामिन डी थ्रीसँगै क्याल्सियमको मात्रा बढ्न जाँदा यसले बालबालिकामा क्यान्सरसम्म गराउनसक्ने सम्भावना रहन्छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि