SamwadKhabar logo

समाचार

बालबालिकालाई जति थोरै चिनीयुक्त खाना दियो त्यति राम्रो

संवाद खबर

संवाद खबर

बालबालिकालाई जति थोरै चिनीयुक्त खाना दियो त्यति राम्रो
असार २०, बीबीसी । अभिभावकहरुले ससाना बालबालिकाको खानामा चिनीको मात्रा एकदम कम गर्नुपर्ने र गुलियो बढी खाने बानीबाट जोगाउन धेरै सागसब्जी खुवाउनुपर्ने बालस्वास्थ्यविद्हरुले बताएका छन् । विशेषगरी दुई वर्ष मुनिका शिशुहरुलाई खुवाइने पाउडर युक्त खानामा ‘नो एडेड सुगर’ लेखिएको भएपनि तिनमा मह र फलफुलको रसबाट अधिक चिनीयुक्त पदार्थ हुने गरेको बाल स्वास्थ्य सम्बन्धी नयाँ रिपोर्टमा उल्लेख गरिएको छ । यस्तोमा अभिभावकले बालबालिकालाई तितो स्वादका खानेकुरा पनि बेलाबेलामा खुवाउने गर्नुपर्ने रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थले जनाएको छ । यसले उनीहरुमा गुलियो मात्र खान खोज्ने बानी विकास हुन नदिने, डायटमा सुधार ल्याउने र मोटोपना लगायत समस्याबाट जोगाइ स्वस्थ राख्ने रिपोर्टमा बताइएको हो । यसरी बालबालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउन यो तरिका अत्यन्तै उपयोगी हुने बताइएको छ । यसअघि बेलायतमा ससाना शिशुहरुको खानामा चिनीको मात्रा सीमित गर्नकै लागि कानुन निर्धारित गरिनुपर्ने प्रस्ताव अघि सारिएको थियो । यो नयाँ रिपोर्टका अनुसार भने २ वर्ष भन्दा कम उमेरका बालबालिकालाई चिनीयुक्त पेय पदार्थ खुवाउनु हुँदैन र प्राकृतिक रुपमा ताजा फलफुलमार्फत मात्र चिनी सेवन गराउनुपर्दछ । रोयल कलेजकी न्युट्रिसन विद् प्रोफेसर म्यारी फ्युट्रेल भन्छिन्, ‘बालबालिकाको दाँत र शरीरको ऊर्जा प्रणालीमा कम असर पार्न चिनीको मात्रा कम गराउन आवश्यक छ ।’ उनका अनुसार बच्चाहरुले गुलियो कुरा खान खोजेपनि अभिभावकले नियन्त्रण गर्ने गर्नुपर्छ र हामीले खान दिने हो भने शिशुहरु थरीथरीको स्वाद चाख्न प्रायः तयार हुन्छन् । तिनका लागि नयाँ स्वाद उत्साहजनक हुन्छ र स्वास्थ्यका हिसाबले पनि त्यो महत्वपूर्ण मानिन्छ । त्यसैले सानै उमेरदेखि बच्चाहरुलाई ब्रोकाउली, साग जस्ता सब्जी खुवाउने गर्नुपर्ने उनले बताइन् । त्यसैले सबै अभिभावकहरु बच्चामा चिनीको प्रभावबारे जानकार रहनुपर्ने उनको भनाइ छ । अत्याधिक चिनी दाँत बिग्रनुको प्रमुख कारण रहँदै आएको छ र पाँच वर्षका एक चौथाइ भन्दा बढी बालबालिकामा यसको समस्या हुने गरेको छ । वास्तवमा चिनीले दुई वर्ष वा सो भन्दा माथिका बालबालिकालाई दैनिक पाँच प्रतिशत भन्दा धेरै ऊर्जा दिँदैन र त्यो भन्दा कम उमेरकालाई समेत फाइदा गराउँदैन । तरपनि हामीले उनीहरुलाई सीमित भन्दा दुई गुणा बढी चिनी सेवन गराइरहेका हुन्छौँ जसलाई स्वास्थ्यका हिसाबले राम्रो मानिएको छैन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि