SamwadKhabar logo

               

विश्व

अमेरिकामा बर्सेनि सयौँ गोलीकाण्ड, हजारौँको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

अमेरिकामा बर्सेनि सयौँ गोलीकाण्ड, हजारौँको मृत्यु
असार २१, काठमाडौं । अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएको स्मरणमा आयोजित परेड शुरू भएको २० मिनेटपछि गोलीकाण्ड भएको हो । घटनास्थलमै ५ जना र उपचारको क्रममा एकको मृत्यु भएको छ । अस्पतालमा ल्याइएका २६ जना घाइतेमध्ये २५ जनालाई गोलीबाट घाउ लागेको छ । उपचारपछि १९ जनालाई डिस्चार्ज गरिएको छ भने घाइतेहरु पाँचवर्षदेखि ८५ वर्षसम्मका छन् । परेडमा आएका अधिकांशले पहिला गोली नभएर पटका पड्किएको महसुस गरेका थिए । गोली हानेर गाडीमा भागेका २१ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरी आवश्यक कार्वाही गरिएको छ । सीएनएनका अनुसार अमेरिकामा विगत १८६ दिनमा जुलाई ५ तारिखसम्म ३११ वटा मास गोलीकाण्ड अर्थात् भीडमा गोली हानिएका घटना छन् । हतियार हिंसा आर्काइभका अनुसार चार जनासम्मलाई गोली हानेको घटनालाई मास गोलीकाण्ड भनिन्छ । यसमा गोली हान्नेलाई प्रत्युत्तरमा हानिएको गोलीलाई गणना गरिँदैन । सन् २०१४ देखि लिखत राख्न शुरु गरिएकोमा गतसाल सबैभन्दा डरलाग्दो गरी यस्ता घटना गराइएका छन् । सन् २०२१ मा ६९२ वटा गोलीकाण्ड भएका थिए । गोली हानी गोलीकाण्ड यस्तै, अमेरिकामा गोली हानेर आत्महत्या हुने दर पनि बढिरहेको छ । प्रत्येक वर्ष करिब २३ हजार जनाले गोली हानी आत्महत्या गरेका छन् । अमेरिकामा अरुलाई हत्या गरेपछि आत्महत्या गरेर प्रत्येक वर्ष साढे पाँचसय जतिको ज्यान गइरहेको छ । जवाफी कार्वाहीमा मृत्यु यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षाफौजको प्रतिआक्रमणमा परेर प्रत्येक वर्ष एक हजार ५०० सयदेखि दुई हजार १०० सम्म आपराधिक व्यक्तिहरु मारिएका छन् । –उपेश महर्जन (सीएनएन, अल जजिरा) एजेन्सी  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…