SamwadKhabar logo

               

खेलकूद

विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

संवाद खबर

संवाद खबर

विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार
असार २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग सोमबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा पनि गर्नुभयो । राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याडमिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा समेत दिनुभयो । कार्यक्रममा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याडमिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धि बारे जानकारी गराउनुभएको थियो । उहाँले देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याडमिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायत पदाधिकारीले र्‍याकेट र मायाको चिनो प्रदान गर्नुभएको थियो। नेपालमा वि‍‍. सं. २००४ सालदेखि ब्याडमिन्टन खेल्न थालिए पनि संघको विधिवत स्थापना भने २००८ सालमा भएको थियो । हरेक वर्ष जुलाई ५ तारिखलाई विश्व ब्याडमिन्टन दिवसको रुपमा मनाइन्छ । विश्व ब्याडमिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याडमिन्टन दिवस मनाइएको संघले जनाएको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…