SamwadKhabar logo

समाचार

झापा अर्जुनधारामा अर्को मृत हात्ती फेला

संवाद खबर

संवाद खबर

झापा अर्जुनधारामा अर्को मृत हात्ती फेला
असार २२, बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो । भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जंगली हात्ती मृत भेटिने क्रम समेत वढेकोे पाइएको छ । बुधबार बिहान स्थानीयले खोला किनारामा मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला वन कार्यालय झापाका सुवेदार हरि विश्वकर्माले बताउँनुभयो । हात्ती करेन्ट लागेर घाईते भई सो स्थानमा आई मरेको हुनसक्ने वा फुड पोइजन भएर पनि हात्ती मरेको हुनसक्ने विश्वकर्माले बताउँनुभयो । जिल्ला पशु स्वास्थ्य कार्यालयबाट पशु चिकित्सकको टोलीले मृत हात्तीको पोष्ट म्याटम गरेपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने वन कार्यालयले जनाएको छ । मृत हात्तीमा बाहिरी कुनै चोटपटक नदेखिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिनुभयो । झापामा लामो समयदेखि मानव हात्तीको द्वन्द्व व्यावस्थापन हुन नसक्दा २०६४ सालदेखि झापामा मात्रै ५ भारतीय नागरिक सहित ५२ जनाले ज्यान गुमाईसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि