SamwadKhabar logo

समाचार

जग्गा अर्कैको नाममा नामसारी गर्ने चारजना कर्मचारीसहित १३ जनालाई दोषी ठहर

देवराज रिजाल

देवराज रिजाल

जग्गा अर्कैको नाममा नामसारी गर्ने चारजना कर्मचारीसहित १३ जनालाई दोषी ठहर
२३ असार, काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका चार जना कर्मचारीसहित १३ जनालाई किर्ते तथा ठगी गरेको कसूर ठहर गर्नु भएको हो । वीरेन्द्रनगरका सौगात रावतको जग्गा थाहै नदिई अर्कैको नाममा विक्री गर्न खोज्ने ठाकुर, पुरी र बुढालाई जिल्ला अदालत धरौटीमा छाडेको थियो भने उच्च अदालत सुर्खेतले जिल्लाको आदेश उल्ट्याउँदै गत कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । रावतको नाममा दर्ता भएको वीरेन्द्रनगर नगरपालिका १२ साबिक जर्बुटा गाविस ३ क मा रहेको कित्ता नं ३१११ को जग्गा २०७७ असार १० पछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो । मालपोत कार्यालयका कर्मचारी विश्वरुप साउद, गणेश विक, कृष्णबहादुर थापा, दिपेन्द्र श्रेष्ठ र तीर्थराज महताराले किर्ते गरेको ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर १२ का रामकुमार दर्लामी, उत्तम अधिकारी र सुनिता रानालाई पनि अदालतले किर्ते कसुरदार ठहर गरेको छ । गएको पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको तथ्य बाहिर आएको हो । ठाकुरसहितले सहवीर कार्कीका नाममा राजीनामा लिखत पास गरी लिएपछि मालपोतका कर्मचारीसहित १९ जना जग्गा प्रकरणमा मुछिनु भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि