SamwadKhabar logo

               

विश्व

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन

देवराज रिजाल

देवराज रिजाल

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन
२४ असार, काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए । आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…