SamwadKhabar logo

               

विश्व

राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली

संवाद खबर

संवाद खबर

राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली
असार २६, बीबीसी। श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघिनै राजीनामा दिन सहमत भएका छन्। संसद्‌का सभामुखले “सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि” राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई “कानुनको सम्मान” गर्न पनि आह्वान गरेका छन्। घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ। शनिवारको घटनापछि अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो। शनिवारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए। कोलम्बोस्थित मुख्य अस्पतालका प्रवक्ताले उपचाररतमध्ये कम्तीमा तीन जना गोली लागेका घाइते रहेको एएफपी समाचार संस्थासँग बताएका छन्। श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो। विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ। मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका छन्। महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित भएका थिए र उक्त प्रदर्शनले असाधारण रूप लिएको थियो। राष्ट्रपति भवनमा जम्मा भएको ठूलो भिड अवरोधहरू हटाएर भवनभित्रै प्रवेश गरेको थियो। सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू भवनभित्र घुमिरहेका र राष्ट्रपतिको पौडी पोखरीमा प्रदर्शनकारीहरू पौडी खेलिरहेको देखिन्छ। कतिपय प्रदर्शनकारीहरूले दराजसमेत फुटाएर राष्ट्रपतिका कतिपय सामानहरू लिए भने राष्ट्रपतिले प्रयोग गर्ने विलासी स्नान गृह लगायतका सामानहरू प्रयोगको मजा समेत लिए। शनिवारको पूर्व निर्धारित प्रदर्शनअघि नै राष्ट्रपति राजपक्षले शुक्रवार आफ्नो निवास छोडेको रक्षा स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। उनी आफ्नो सरकारी निवास नजिकै रहेको अलग घरमा सुत्ने गरेका थिए। निवास छाडेका राष्ट्रपति राजपक्ष कहाँ छन् भन्ने बीबीसीले यकिन गर्न सकेको छैन।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…