SamwadKhabar logo

               

खेलकूद

पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण

देवराज रिजाल

देवराज रिजाल

पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण
२७ असार, काठमाडौँ । नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतियोगिताको पहिलो दिन आइतबार नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टाइलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्नुभएको हो । महिला २०० मिटर इन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुलातर्फ स्वर्ण जित्नुभयो । निभा मास्केले रजत र सियरा सुभाङ्गीले कांस्य जित्नुभयो । पुरुषतर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण, सेरेन सिंहले रजत र विकास कुमालले कांस्य जित्नुभयो । महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण, रोयल प्रजापतीले रजत र आर्या महर्जनले कांस्य जित्नुभयो । पुरुषतर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङले स्वर्ण, अनुभव सुब्बाले रजत र गौरभ लामाले कांस्य जित्नुभयो । महिला १०० मिटर फ्रिस्टाइलमा डुवाना लामालाई हराउँदै निभा मास्केले स्वर्ण जित्नुभयो । अनुसिया तण्डुकारतेस्रो हुनुभयो । पुरुषतर्फ नासिर याह्या हुसेनले स्वर्ण, अनुभव सुब्बाले रजत र सुविग्यमान तुलाधरले कांस्य जित्नुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…