SamwadKhabar logo

समाचार

नगरप्रमुख र जनताको श्रमदानबाट धरानका घर घरमा पानी

देवराज रिजाल

२८ असार, काठमाडौँ । धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित नगरप्रमुख हर्कराज राईको प्रमुख चुनावी एजेण्डा पनि खानेपानीको समस्या समाधान नै थियो। उहाँले सप्तकोशीबाट पानी नल्याएसम्म धरानको खानेपानी समस्या समाधान नहुने भन्दै चुनावको बेलामा सप्तकोशीको पानी ल्याउने प्रतिबद्धता गर्दै विजयी हुनुभएको थियो। नगर प्रमुख राईले सप्तकोशीको पानी नल्याइन्जेलसम्म धरान वरपरका खोलाबाट अल्पकालीन समयको लागि खानेपानी ल्याउने योजना बनाउनुभएको हो। सोहीअनुसार धरान २० मा रहेको पकुवा खोलाको पानी नगरप्रमुख राईको नेतृत्व र धराने जनताको श्रमदानमा दुई वटा ट्याङ्की बनाएर ल्याइएको छ। पकुवाबाट खानेपानी आपूर्ति गर्न प्रमुख राई इञ्जिनियरसहित प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेर यो योजना ल्याएको हो। प्रमुख राईले पकुवाको पानी ल्याउनका लागि निर्माणकार्यमा आफैंले श्रमदान गर्नुभएको हो।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि