SamwadKhabar logo

               

खेलकूद

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

संवाद खबर

संवाद खबर

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित
असार ३०, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेले । ६२ बलको सामना गरेका उनले ७१ रन बनाए । यस्तै, कुशल भुर्तेल २७, देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३, आरिफ शेख १ रनमा आउट भए । रोहित पौडेलले अविजित रहँदै ३४ रन बनाए । त्यसअघि ग्लास्कोको टिटउडमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । उसका लागि सर्वाधिक ग्याभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । अन्य खेलाडी क्रिजमा खासै जम्न सकेनन् । बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन–तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिए । जितसँगै नेपाल १८ खेलमा १७ अंकसहित तालिकाको पाँचौै स्थानमा उक्लिएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले अब शनिबार नामिबियासँग सिरिजको दोस्रो खेल खेल्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…