SamwadKhabar logo

समाचार

४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ

देवराज रिजाल

देवराज रिजाल

४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ
१ साउन, काठमाडौँ । ४ केजी हेरोइनसहित ३ जनालाई लागू ‌औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । एक नेपाली महिला र दुई जना विदेशीलाई उक्त हेरोइनसहित पक्राउ परेका हुन् । उक्त हेरोइन विदेशबाट भित्र्याइएको र बरामद हेरोइन भारत लैजाने क्रममा रहेको गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौंबाट बरामद गरेको ब्युरो स्रोतका जनाएको हो । यस सम्बन्धमा केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने ब्युरोले जनाएको छ । यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो । प्रहरीले जेठ २६ देखि ३१ गतेसम्मको विशेष अपरेसनमा ब्युरोले २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्टलाई पक्राउ गरेको थियो । उनीहरु अफ्रिकाबाट दुबई र साउदी अरब हुँदै काठमाडौं आएका थिए । पछिल्लोपटक पक्राउ परेका व्यक्ति र बरामद हेरोइनको कनेक्सन पहिलेकोसँग हुन सक्ने एका प्रहरी अधिकारीले बताए । यसमाथि अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि