SamwadKhabar logo

               

खेलकूद

एसियाली खेलकुदका लागि प्रारम्भिक चरण प्रशिक्षण सम्पन्न

देवराज रिजाल

देवराज रिजाल

एसियाली खेलकुदका लागि प्रारम्भिक चरण प्रशिक्षण सम्पन्न
१ साउन, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १९ औं एसियाली खेलकुदको तयारीमा राखेको २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सम्पन्न भएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो । राखेपले एसियाली खेलकुदको लागि कबड्डी, कुस्ती, उसु, ह्यान्डबल, भारोत्तोलन, एथलेटिक्स, भलिबल, कराते, टेकवान्दो, टेबलटेनिस, क्रिकेट, फेन्सिङ, पौडी, बास्केटबल, फुटबल, सुटिङ, जुडो, गल्फ, ब्याडमिन्टन, साइक्लिङ, बक्सिङ, त्रिलाथन, आर्चरी गरि २३ खेलको प्रशिक्षन सञ्चालन गरेको थियो ।जसमध्ये तेक्वान्दो, बक्सिङ, फुटबल, पौडी, ट्रायथलन, कुस्ती र सुटिङको बन्द प्रशिक्षण सातदोबाटोमा भएको थियो । दशरथ रंगशालामा एथलेटिक्स, उसु, भारोत्तोलन र थ्री वाई थ्री बास्केटबलको प्रशिक्षण भएको थियो । त्यस्तै, भलिबल तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको थियो । गल्फ गोकर्णमा र जुडोको तालिम नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट सेन्टरमा भएको थियो । त्यस्तै कीर्तिपुरमा फेन्सिङ, लगनखेलमा ह्यान्डबल, कञ्चनपुरमा कबड्डी, लैनचौर टेबलटेनिस, एनएससीमा ब्याडमिन्टन र क्रिकेट कीर्तिपुरमा पहिलो चरणको प्रशिक्षण सम्पन्न भएको थियो । चीनमा हुने १९ औं एसियालीखेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो । तर आयोजक देशमा कोभिड–१९ को सङ्क्रमण बढेपछि प्रतियोगिता स्थगित भएको थियो । दोस्रो चरणको प्रशिक्षण मिति तय भइनसकेको राखेपका राष्ट्रिय टोली तयारी समितिका संयोजक महेन्द्र राइले बताएका छन् । दोस्रो चरणको प्रशिक्षण बारे भने राखेप सदस्य सचिव टङ्कलाल घिसिङ र हाइ पर्फमेन्स समितिसँगको छलफलपछि टुंगो लाग्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…