SamwadKhabar logo

समाचार

प्रहरीले नक्कली मुद्दामा फसाएको पुष्टि, डिएसपी छानबिनमा

संवाद खबर

साउन २, काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ । सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाइएको पुष्टि भएको छ । राई र लिम्बुबीच जग्गासम्बन्धि लेनेदन विवाद रहेकोमा लिम्बुलाई फसाउने खोजिएको प्रहरी कार्यालयको छानबिनमा खुलेको हो । गत २३ असारमा प्रहरी वृत्त गौशालाका प्रहरीले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेका थिए । सिसिटिभी क्यामेरामा उनको मोटरसाइकलमा केही समयअघि मात्र एक युवकले त्यसरी बिना राखिदिएको देखिएको छ । अनुसन्धानका क्रममा नियोजित रुपमा उनलाई फसाउन खोजिएको पुष्टि भएको हो । गौशाला वृत्तका घुमुवा प्रहरीलाई हातमा लिएर यसरी फसाउन खोजिएको खुलेको छ। यसमा वृत्तका डिएसपी केशव भट्टराई पनि छानबनिको दायरामा तानिएका छन् । घुमुवा प्रहरीलाई कारबाहीको तयारी भइरहेको छ । घटनामा संलग्न नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने सुभाष राई अझै फरार छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि