SamwadKhabar logo

               

विश्व

डडेलोको भुङग्रोमा युरोप तापक्रमको रेकर्ड तोडदैँ

देवराज रिजाल

देवराज रिजाल

डडेलोको भुङग्रोमा युरोप तापक्रमको रेकर्ड तोडदैँ
३ साउन, काठमाडौँ । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ। द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम ४० डिग्री सेल्सियस पुगेर उक्त रेकर्ड तोडिने अनुमान गरिएको छ। जलवायु परिवर्तनको असरका कारण युरोपले योभन्दा भयावह स्थितिको सामना गर्नुपर्ने मौसमविद्हरू बताउँछन्। उच्च तापक्रमका कारण फ्रान्सका विभिन्न स्थानमा डढेलो लागिरहेको छ। त्यसलाई निभाउनका निम्ति १५ सय अग्निनियन्त्रक परिचालन भएका छन्। मंगलबार सार्वजनिक भएको तथ्यांकअनुसार डढेलोले १४ हजार हेक्टर जंगलमा क्षति पुर्‍याएको छ। अग्नि नियन्त्रक डेभिड ब्रुनर भन्छन्, ‘म अग्नि नियन्त्रकको रूपमा ३० वर्षदेखि काम गरिरहेको छु। यस्तो भीषण आगलागीको सामना अहिलेसम्म गर्नुपरेको थिएन। तत्कालै रोकिने यसको छाँट छैन।’ गर्मीयामको पर्यटकीय क्षेत्र डुनमा ९ किलोमिटर लम्बाइ र ९ किलोमिटर बराबरकै चौडाइमा डढेलो फैलिएको छ। आवासीय क्षेत्रमा धुँवाको बाक्लो मुस्लोका कारण बस्ने स्थिति छैन। त्यस क्षेत्रबाट आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको यस सहरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। स्पेनको छिमेकी मुलुक पोर्चुगलमा पनि गत साता मात्रै ४७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। त्यहाँ पनि डढेलोको कारण १५ हजार हेक्टर जमिनमा क्षति पुगेको छ भने दुई जनाको मृत्यु र ६० जना घाइते भएका छन्। पोर्चुगलको तापक्रम केही कम भए पनि डढेलोले अझै आक्रान्त हुने सम्भावना रहेको त्यहाँको मौसम विज्ञान संस्थाले बताएको छ। डढेलो निभाउनका निम्ति १ हजार अग्निनियन्त्रक र २८५ वारूण यन्त्र र १४ हवाइजहाज तैनाथ रहेका छन्। एजेन्सी

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

२१ कार्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम …