SamwadKhabar logo

               

विश्व

श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदै

देवराज रिजाल

देवराज रिजाल

श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदै
४ साउन, काठमाडौँ । आर्थिक संकटबाट गुज्रिरहेको र जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ। न्युजवायरका अनुसार श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान हुन लागेको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ। यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उनको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो। त्यो बेला डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन। यसपालि भने नयाँ राष्ट्रपति बन्न तीन जना मैदानमा छन्। अहिलेका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलास अलाहप्पेरूमा र अनुरा कुमारा दिस्सानायकेले मंगलबार उम्मेदवारी दिएका छन्। श्रीलंकाको संसद २२५ सदस्यीय छ। त्यसमध्ये सबैभन्दा धेरै राजापाक्षेहरूले नेतृत्व गरेको श्रीलंका पोदुजन पेरामुनाका १०० सांसद छन्। ६ पटक प्रधानमन्त्री भइसकेका र अहिले कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन रहेको बताइन्छ। उनलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए। श्रीलंका पोदुजन पेरामुनाका सबै सांसदले मत दिए विक्रमासिंघेको जित सहज देखिन्छ तर उक्त पार्टीका सबै सांसदले उनलाई मत नदिन सक्ने सम्भावना छ। श्रीलंकाको अहिलेको आर्थिक संकट ल्याउन राजापाक्षे परिवारको ठूलो भूमिका रहेकाले फेरि उनीहरूले नै समर्थन गरेको मानिसलाई राष्ट्रपति बनाउन हुँदैन भन्ने सोच श्रीलंकामा छ। प्रदर्शनकारीहरूले पनि विक्रमासिंघेलाई राष्ट्रपति भएको हेर्न चाहेका छैनन्। अर्का उम्मेदवार दलास अलाहप्पेरूमा अहिले स्वतन्त्र सांसद हुन् तर उनको राजनीतिक पृष्ठभूमि राजापाक्षे परिवारसँग जोडिएको छ। उनी पहिला श्रीलंका पोदुजन पेरामुनाका सदस्य थिए। तमिल विद्रोहलाई दबाउने बेला उनी राजापाक्षेहरूसँगै थिए। अहिले उनलाई विपक्षी दलहरूको समर्थन रहेकाले विक्रमासिंघेलाई कडा चुनौती दिने देखिएको छ। अर्का उम्मेदवार अनुरा कुमारा दिस्सानायके जनता विमुक्थी पेरामुनेका नेता हुन्। यो श्रीलंकाको वामपन्थी पार्टी हो। राष्ट्रपति चुनिनका लागि सदर मतको ५० प्रतिशत बढी मत ल्याउनु पर्नेछ। मतपरिणाम आजै आउने सम्भावना छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…