SamwadKhabar logo

               

राजनीति

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

संवाद खबर

संवाद खबर

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग
साउन ४, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न माग गरेको हो । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिने षडयन्त्र गरेको आरोप समेत लगाउनुभएको छ । उहाँले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत व्यवस्था अनुरुप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न सरकारसँग माग गर्नुभएको छ । साथै बजेट वक्तव्यमार्फत आएको नीति फिर्ता लिन उहाँले ध्यानाकर्षण समेत गराउनुभएको छ । सरकारले २०७९ र०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमाको सेवा प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गर्ने जारी विज्ञप्तिमा भनिएको छ । साथै स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ भन्ने व्यवस्था पनि गरिएपछि विभिन्न अस्पतालले सूचना निकालेर स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएको घोषणा समेत गरेका छन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…