SamwadKhabar logo

               

विश्व

भारतको १५औँ राष्ट्रपति निर्वाचनको मतगणना कार्य सुरु

संवाद खबर

संवाद खबर

भारतको १५औँ राष्ट्रपति निर्वाचनको मतगणना कार्य सुरु
साउन ५, नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ । बिहीबार बिहान ११ बजेदेखि संसद् भवनको ६३ नम्बर कोठामा मतगणना थालिएको हो । मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको छ । यही जुलाई १८ मा बिहान १० देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो । सत्तारूढ गठबन्धन एनडीएबाट द्रौपदी मुर्मु र विपक्षी दल त्रिणामुुल कांग्रेसबाट यशवंत सिन्हा प्रतिस्पर्धामा छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुर्मु विजयी हुने सम्भावना बलियो छ । उनी निर्वाचित भए देशको शीर्ष संवैधानिक पदमा पुग्ने पहिलो आदिवासी महिला हुनेछिन् । यता, भारतीय जनता पार्टी (भाजपा) ले अभिनन्दनयात्रा गर्दै छ । बिहीबार राष्ट्रिय राजधानीमा एक रोड शो अभिनन्दनयात्रा गर्न लागिएको हो । जसमा राष्ट्रपति पदका उमेदवार मुर्मुको सम्भावित विजयको उत्सव मनाउन लागिएको हो । मुर्मुको जन्मथलो ओडिसाको अपरबेडा गाउँमा पनि विजयोत्सव मनाउने तयारी छ । निर्वाचन आयोगका अनुसार गएको सोमबार भएको मतदानमा कुल मतदातामध्ये ९९ प्रतिशतभन्दा बढीले आफ्नो मत खसालेका थिए । भाजपाका सांसद सन्नी देओल र सञ्जय धोत्रेलगायत आठ सांसद भने मतदानमा सहभागी भएनन् । द इकोनोमिक टाइम्सबाट ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…