SamwadKhabar logo

               

विश्व

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

देवराज रिजाल

देवराज रिजाल

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित
६ साउन, काठमाडौँ । द्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । भारतीय राष्ट्रपतीय निर्वाचनमा इलेक्टोरल कलेजमा कुल १० लाख ८६ हजार ४३१ मत हुन्छ । चुनावमा आधाभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ । यस्तो अवस्थामा जितका लागि कम्तिमा ५ लाख ४३ हजार २१६ मत चाहिन्छ । समाचार एजेन्सी एएनआईले राज्यसभाका महासचिव पीसी मोदीको हवाला दिँदै तेस्रो राउन्ड सकिँदासम्म मुर्मूले ५ लाख ७७ हजार ७७७ मत पाएको उल्लेख गरेको छ । उनका प्रतिस्पर्धी सिन्हाले भने हालसम्म २ लाख ६१ हजार ०६२ मत पाएको जनाइएको छ । मुर्मू राष्ट्रपति भन्ने दोस्रो भारतीय महिला हुन् । उनी राष्ट्रपति बन्ने पहिलो आदिवासी हुन् । आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाइने घोषणा हुँदै गर्दा मुर्मू ओडिसामा रहेको आफ्नो घरमा थिइन् । सन्थाल आदिवासी मुर्मूको जन्म भारतले स्वतन्त्रता पाएको ११ वर्षपछि अर्थात् २० जून १९५८ मा भएको थियो । मुर्मूले स्थानीय सञ्चारमाध्यमलाई आफूलाई राष्ट्रपतिको उम्मेदवारी बनाएको कुरा टेलिभिजनबाट थाहा पाएको बताएकी थिइन् । मुर्मू झारखण्डकी पहिलो महिलो तथा आदिवासी राज्यपाल हुन् । उनी पहिलोपटक सन् २०१५ मा राज्यपाल बनेकी थिइन् । उनी लगभग ६ वर्षसम्म राज्यपाल रहेकी थिइन् । भारतीय मिडियाका अनुसार सन् १९९७ मा वार्ड काउन्सलरबाट मुर्मूको राजनीतिक यात्रा सुरु भएको हो । राजनीतिक यात्राका क्रममा उनी बीजेपीको तर्फबाट दुई पटक विधायक चुनिएकी थिइन् । सन् २००० देखि २००४ सम्म उनी नवीन पटनायकको मन्त्रीमण्डलमा राज्यमन्त्री बनिन् । एजेन्सी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…