SamwadKhabar logo

समाचार

७२ बर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय

देवराज रिजाल

देवराज रिजाल

७२ बर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय
८ साउन, काठमाडौँ । बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ बर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टीङ्ग गरिरहेकी भेटिन्छिन् । भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्छिन् । उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन् । बाल्यकालमै पेन्टिङको काम सुरु गरेको उनले बताइन् । उनी एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन् । माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन् । भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौंसम्मका सार्वजनिकस्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए । उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ । उहाँले बैतडीदेखि काठमाडौंसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ । उहाँले कोर्न खाजेको चित्र एकपटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरुस्कृत समेत हुनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौंस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’ भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन् । उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन् । कसैले स्व इच्छाले दिएको रकम र रंङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ ।गाउँठाउँका कसैले पेन्टिङ्गका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन् । आफुसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन् । साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाइ छ । न्यूज कारखाना

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि