SamwadKhabar logo

               

खेलकूद

सन्दीपको नाममा ६ विश्व कीर्तिमान

देवराज रिजाल

देवराज रिजाल

सन्दीपको नाममा ६ विश्व कीर्तिमान
९ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । सन्दीपले राष्ट्रिय टोलीका लागि थुप्रै कीर्तिमान बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पनि विश्व कीर्तिमान बनाएका छन् । सन्दीपले ६ कीर्तिमान यस प्रकार छन् । १.सन्दीप संयुक्त टोलीबाट टि२० आईमा डेब्यू गर्ने पहिलो क्रिकेटर हुन् । सन्दीपले २०१८ मे ३१ मा आइसिसी विश्व–११ बाट वेस्टइन्डिजविरुद्ध टि० आई मा डेब्यू गरेका थिए । २.सन्दीप टि२० आई क्रिकेटमा सबैभन्दा उत्कृष्ट स्ट्राइक रेटमा बलिङ गर्ने बलर हुन् । सन्दीपले ३९ खेलमा १२ को स्ट्राइक रेटमा बलिङ गरेका छन् । ३.सन्दीप विश्व टि२० आई क्रिकेटमा सबैभन्दा कम औसतमा बलिङ गर्ने बलर हुन् । सन्दीपको औसत १२।७६ छ । सन्दीप पछि अफगानिस्तानका स्पिनर राशिद खानको टि२० आई क्रिकेटमा औसत १३ को छ । ४.सन्दीप ओडिआई क्रिकेटमा पनि उत्कृष्ट स्ट्राइकरेटका साथ बलिङ गर्ने बलर हुन् । सन्दीपले ३० ओडिआई खेलमा २३।२ ओ स्ट्राइक रेटमा ६९ विकेट लिएका छन् । ५.सन्दीप ओडिआईमा उत्कृष्ट औसतका साथ बलिङ गर्ने बलर हुन् । सन्दीपले १५।५७ को औसतमा विकेट लिएका छन् । सन्दीपपछि राशिद खानले ८३ खेलमा १८।६५ को औसतमा १ सय ५८ विकेट लिएका छन् । ६।सन्दीपको ओडिआईमा लगातार चारमाथि तीन पटक विकेट लिने विश्व कीर्तिमान संयुक्त रुपमा छ । सन्दीपले यस कीर्तिमान गत सेप्टेम्बरमा ओमानमा यस कीर्तिमान बनाएका थिए । सन्दीपले २०२० को फ्रेब्रुअरीमा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए । सन्दीपसँगै, पाकिस्तानका वाकर युनिसले तीन, शाहिन शाह अफ्रिदी, शाहिद अफ्रिदी, अब्दुल रजाक, भारतका नरेन्द्र हिरवानी, मोहम्मद शामी, न्युजिल्यान्डका म्याट हेनरी, क्यानाडाका खुर्रम चौहान, अष्ट्रेलियाका शेन वार्न र वेस्टइन्डिजका वासबर्ट ड्रेक्सले ओडिआईमा लगातार तीन पटक चार भन्दा बढी विकेट लिएका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…