SamwadKhabar logo

समाचार

शर्मामाथि छानबिन गर्न संसदीय समितिले बोलायो फोरन्सिक विज्ञ

देवराज रिजाल

१० साउन, काठमाडौँ । बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रहरीको प्रयोगशालाका विज्ञसँग छलफल गर्ने भएको छ। प्रयोगशालाबाट प्राप्त विवरण प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति विधि विज्ञान प्रयोगशालाका विज्ञलाई बोलाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।‘प्रहरीको प्रयोगशालाबाट प्राप्त विवरण निकै प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति हामीले विज्ञहरुसँगै छलफल गर्न लागेका हौँ,’ उनले भने। समितिको बैठक दिउँसो चार बजे बोलाइएको छ। बिहान ८ बजेको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरण खोलिएको थियो।प्रयोगशालाले सोमबार समितिलाई अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबारेको विवरण शिलबन्दी गरेर पठाएको थियो। अर्थमन्त्रालयले सिसिटीभी फुटेज १३ दिनसम्म मात्रै रहने दाबी गरेपछि त्यसलाई रिकभरी गर्न सकिने नसकिने निर्क्यौलका निम्ति समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहायता लिएको हो। तत्कालीन अर्थमन्त्री शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ। यस आरोपबारे छानबिनका निम्ति असार २२ मा संसदीय छानबिन विशेष समिति गठन भएको थियो। समितिले असार ५ मा शर्मासँग बयान लिँदा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको आरोपलाई उनले अस्वीकार गरेका थिए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि