SamwadKhabar logo

समाचार

रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पती

देवराज रिजाल

देवराज रिजाल

रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पती
१० साउन, काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐनबहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसँगै चुँडिएको डोरी फेला परेको बताउनुभयो । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिए पनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्किएको जस्तो देखिएको र घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाइएको मल्लको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर कृष्णले आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । तर, संघर्ष धेरै भएको देखिएकाले दुबैको हत्या भएको हुनसक्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शरीरमा कुनै प्रकारको दाग नदेखिएकाले घटनाको अनुसन्धान गहिरिएर शुरु गरिएको डीएसपी मल्लले बताउनुभयो । स्थानीयले चोरहरुले दुबैको हत्या गरेर धनमाल चोरेको आशंका गरे पनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीको भनाइ छ । शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको र पोष्टमार्टमपछि मात्रै हत्या वा आत्महत्या के हो रु सो बारे पत्ता लाग्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि