SamwadKhabar logo

समाचार

एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए

देवराज रिजाल

देवराज रिजाल

एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए
१० साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ । नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८ र ०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी महसुल असुल गरेको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । प्रदेश कार्यालयका प्रमुख राजन ढकालले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ । २८ हजारको लाइन काटियो प्राधिकरणले आर्थिक वर्ष २०७८र ०७९ मा मात्रै समयमै महशुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महशुल संकलन भएको ढकालले जानकारी दिए । सबैले लाइन जोड्दा भने ४३ करोड महशुल उठ्नुपर्ने थियो । यद्यपि ९२।८ प्रतिशत ग्राहकबाट महशुल उठ्नु राम्रो संकेत भएको ढकालले बताए । सबैभन्दा बढी लाइन काटिने जिल्लामा इलाम छ । इलामका ३ हजार ३ सय ८० जना ग्राहकको लाइन काटेको प्राधिकरणको रेकर्डमा छ । त्यसपछि मोरङको बेलबारी वितरण केन्द्र अन्तर्गतका २ हजार ४२८ जना ग्राहकको लाइन काटिएको छ । सबैभन्दा कम लाइन काटिने ग्राहकको संख्या भने ओखलढुंगा, पाँचथर, तेह्रथुम, भोजपुर जिल्ला छ । जसमा २ सयभन्दा कम ग्राहकले समयमै विद्युत् महशुल नतिर्दा उनीहरुको लाइन काटिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि