SamwadKhabar logo

               

विश्व

चीनको वुहान सहरमा चार जनामा कोरोना पुष्टि भएपछि लकडाउन

देवराज रिजाल

देवराज रिजाल

चीनको वुहान सहरमा चार जनामा कोरोना पुष्टि भएपछि लकडाउन
१२ साउन काठमाडौँ । वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ। यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ। १२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ। दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो। त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरियो। सार्वजनिक यातायात बन्द भए, शहरलाई उच्च जोखिमको वर्गीकरणमा राख्दै स्थानीय सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ। यो सँगै सबै मनोरञ्जन स्थलहरू( बार, सिनेमाघरहरू र इन्टरनेट क्याफेहरू सहित ( साना क्लिनिकहरू र कृषि उत्पादन बजारहरू बन्द भएका छन्।रेस्टुरेन्ट र ठूला जमघटहरू, प्रदर्शनदेखि सभा सम्मेलन सबैमा प्रतिवन्ध लगाइएको छ। यस्तै सबै धार्मिक गतिविधि हुने स्थानहरू, शिक्षण संस्था लगायत सबै क्षेत्रमा तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ। वुहान कोरोनाभाइरस संक्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ संक्रमित देखिएका थिएनन्। एजेन्सी

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…