SamwadKhabar logo

               

खेलकूद

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

देवराज रिजाल

देवराज रिजाल

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको सहज जित
१३ साउन, काठमाडौँ । इंल्याण्डविरूद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले सहज जित हात पारेको छ। दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ५८ रनको सानदार जित गरेका हुन् । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्यान्डका जोनी बेयरस्टोले २१ बलमा ४ चौकासहित सर्वाधिक ३० रन बनाए । ओपनर जस बटलर १४ बलमा १ चौका र ३ छक्कासहित २९ रन जोड्दै आउट भए । जेसन रोय २०, डेविड मलान ५, मोईन अली २८, साम करन २ र लियाम लिभिङस्टोन १८ रनमा आउट भए । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्शीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । एन्डिले फेहलुकवयोले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले दुई, कागिसो रबाडा र केशव महाराजले एक एक विकेट लिए । त्यसअघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन बनायो । त्यस्तै राइली रूसोले अविजित ९६ रनको उत्कृष्ट पारी खेले। ५५ बल खेलेका उनले १० चौका र पाँच छक्का प्रहार गरेका थिए। यस्तै रिजा हेन्ड्रिक्सले ५३ रन बनाउने क्रममा ३२ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे। रिजा हेनड्रिक्सले ३२ बलमा ३ चौका र २ छक्कासहित ५३ बनाए । उनको यो लगातार दोस्रो अर्धशतक हो । क्विन्टन डि कक १५, हेनरिक क्लासेन १९ र ट्रिस्टन स्टब्सले १५ रन जोडे । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी भएको थियो । यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम र निर्णायक खेल आइतबार हुनेछ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…